Monday, May 23, 2011

योग्यताको मापन

विश्वधर्मसभामा भाग लिने क्रममा सिकागो पुगेका विवेकानन्दको पोसाक देखेर एउटी महिला हाँसिन् । कारण सोद्धा उनले भनिन्, 'अन्तर्राष्ट्रियसभामा आउने प्रतिनिधिको पोसाक त यस्तो छ भने त्यस देशका अन्य नागरिकको अवस्था कस्तो होला भनेर हाँसो उठ्यो ।' त्यसपछि विवेकानन्दले विनम्रतापूर्वक भने्, 'सरी म्याडम, हाम्रो मुलुकमा मानिसको योग्यताको मापन सूचीकारको कार्यकक्षबाट हुँदैन ।' उत्तर सुनेर उनी अवाक् भइन् र पश्चाताप गर्दै पूरा जीवन उनको अनुयायी भएर बिताइन् । निःसन्देह बाहिरी आवरण हेरेर मानिसको मूल्यांकन गर्न हुँदैन । हुन त लवाइ र खुवाइले पनि केही हदसम्म व्यक्तित्वको छनक नदिने होइन, तर त्यसैबाट समग्र मूल्यांकन भने हुन सक्दैन । बिचरी ती गौरांगनाले विवेकानन्दको बाहिरी रूपलाई मात्र देखिन् र त्यसैलाई हेरेर मूल्यांकन गर्न खोजिन्, जसले गर्दा उनलाई तत्कालै पश्चाताप गर्नुपर्ने अवस्था आयो । तत्कालै पोल्छ र संशोधन वा पश्चाताप गर्नुपर्छ भने त्यस्तो बोलीको के सार ?



चिन्नेले यसै चिन्छन्

एकजना सज्जन कतै जान लागेका थिए कोट फाटेको देखेर पिएले सम्झाएछन्- 'हजुर ! कोट पुरानो छ फेर्ने कि ?' सज्जनले उत्तर दिएछन्, 'मलाई चिन्नेले यसै पनि चिनैकै छन्, नचिन्नेले नयाँ कोट लगाउँदैमा चिन्ने होइनन् क्यारे ।' सज्जनको कुरो कति सत्य हो, ठोकुवा गर्न नसकिएला, तर महापुरुषहरू बढी देखिन चाहँदैनन् । र, जो बढी देखिन खोज्छन्, उनीहरू महापुरुष हुन सक्दैनन् ।



चोट सहिन्छ, कहिन्न

उनीहरू तीर्थयात्रामा थिए । बाटो असाध्यै कष्टकर थियो । यात्रीहरूलाई चोटपटक लाग्नु सामान्यजस्तै थियो । एक सज्जन यस्तो बाटोबाट तीर्थयात्रा गर्न सकेकोमा भित्रभित्रै गर्व गरिरहेका थिए । आफ्नो शरीरमा लागेको चोट हेर्दै उनी आफूलाई ठूलो साहसी ठानिरहेका थिए । त्यस्तैमा उनले देखे, एक वृद्धा ढुंगामा अल्भिmएर नराम्रोसँग लडिन् । त्यसरी लड्दा पनि उनको अनुहार उत्तिकै उज्यालो देखियो ।

वृद्धाका साथमा अन्य व्यक्तिहरू पनि थिए । उनीहरूले वृद्धालाई सहारा दिएर उठाए र तिनको घाउमा औषधि लगाइदिए । वृद्धा सकिनसकी हिँड्ने प्रयत्न गरिन् । यति हुँदा पनि उनको अनुहारमा कुनै पीडा देखिएन, उनी पहिलेझैँ शान्त र हँसिलो मुद्रामा कुरा गरिरहिन् ।

यी सबै आफ्नै आँखाअगाडि भएको देखेर ती सज्जनलाई खपिनसक्नुभयो । उनी ती वृद्धाको नजिकमा गए र सोधे, 'आमा, तपाईंलाई यति धेरै चोट लागेको छ, तैपनि तपाईं केही नभएको जस्तो गरी हिँडिरहनुभएको छ । कसरी ?'

वृद्धाले उत्तिकै प्यारका साथ भनिन्, 'बाबु, तीर्थयात्रामा चोट सहिन्छ, कहिन्न ।'

Tuesday, March 16, 2010

सत्य कहिले लुकदैन र झुट कहिले टिक्दैन ।

हामी मानिस सामाजिक प्राणी हौ । समाज सदभाब , विश्वाश , एकता र सत्यता मा अडेको छ । यो सर्बब्यापी कुरा हो तर कुरा यतिमा मात्रा सिमित छैन । आजको २१ सौ सताब्दिको बैज्ञानीक वा भनौ आधुनिक युग ले हामीलाई धेरै कुरा सिकाएको छ , हामीमा धेरै नै परिवर्तन आएको छ यती धेरै कि चाहिने भन्दा निकै बढि । जसले कहिले काही हामी आँफैलाई घात गरिरहेको हुन्छ तर त्यसको कुनै चाल पाउदैनौ । यथार्थमा भन्दा सत्यले मान्छेलाई सधैं सकरात्मक् बाटोतिर डोहोर्याउछ भने झुटले नकारत्मक् तिर तर यो जान्दा जान्दै पनि हामी तयार छैनौ कि सत्यको बाटो अँगाल्न । साकारत्मक् सोचले हामीलाई सधैं सत्बुद्धी र सत्मार्ग देखाउछ । सधैं सफलताको बाटो चिनाउछ तर पनि मान्छेहरु मान्न तयार हुँदैनन । यस्ता कुराहरुलाई आदर्शका कुरा अनि वाइयात कुरा भन्ठान्छन् ।तर यसको अर्थ यो होइनकि मान्छे झुट बोल्नु हुँदैन । बोल्नु पर्छ जहाँ आफु ठगिन बाट बचियोस । तर झुट बोल्नुको पनि त एउटा सिमा हुन्छ नि होइन ? झुट बोलेर अरुलाई चोट पुर्याउछ वा कसैको भावनामा आहात पुर्याउछ भने त्यो त राम्रो काम हुदैननि । फेरि आफ्नो सत्य कुरा भन्दा के नै बिग्रिन्छ र होइन ? अनि फेरि झुट बोलेर अरुलाई ठग्ने काम गर्नु त हाम्रो कानुनमा अपराध मानिन्छ नि होइनर ? झुट बोलेर जति अरुलाई पिरोलिन्छनी त्यो भन्दा दोब्बर आफुलाई पिरोल्छ यो कुरा सबैले मनन गर्नुपर्छ । झुटले मानिसलाइ शान्ति होइन पिडा दिन्छ , जलन दिन्छ आफुले आफुलाई नै तहस नहस गर्छ । अरुलाई झुट बोल्नु भनेको आफुलाई नै ठग्नु हो । आफ्नै अपराध गर्नु हो ।


Sunday, November 29, 2009

Bigul


He is my son . His name is Bigul . He studies grade 6 . He is so simple boy . He helps me on my work . He likes much computer .

Friday, November 27, 2009

Bibhusha

She is my lovely daughter . Her name is Bibhusha .
She studies  in class 4 . She is clever talent & kindly too .
 she helps me on my work . She likes too much  dancing & singing .