हामी मानिस सामाजिक प्राणी हौ । समाज सदभाब , विश्वाश , एकता र सत्यता मा अडेको छ । यो सर्बब्यापी कुरा हो तर कुरा यतिमा मात्रा सिमित छैन । आजको २१ सौ सताब्दिको बैज्ञानीक वा भनौ आधुनिक युग ले हामीलाई धेरै कुरा सिकाएको छ , हामीमा धेरै नै परिवर्तन आएको छ यती धेरै कि चाहिने भन्दा निकै बढि । जसले कहिले काही हामी आँफैलाई घात गरिरहेको हुन्छ तर त्यसको कुनै चाल पाउदैनौ । यथार्थमा भन्दा सत्यले मान्छेलाई सधैं सकरात्मक् बाटोतिर डोहोर्याउछ भने झुटले नकारत्मक् तिर तर यो जान्दा जान्दै पनि हामी तयार छैनौ कि सत्यको बाटो अँगाल्न । साकारत्मक् सोचले हामीलाई सधैं सत्बुद्धी र सत्मार्ग देखाउछ । सधैं सफलताको बाटो चिनाउछ तर पनि मान्छेहरु मान्न तयार हुँदैनन । यस्ता कुराहरुलाई आदर्शका कुरा अनि वाइयात कुरा भन्ठान्छन् ।तर यसको अर्थ यो होइनकि मान्छे झुट बोल्नु हुँदैन । बोल्नु पर्छ जहाँ आफु ठगिन बाट बचियोस । तर झुट बोल्नुको पनि त एउटा सिमा हुन्छ नि होइन ? झुट बोलेर अरुलाई चोट पुर्याउछ वा कसैको भावनामा आहात पुर्याउछ भने त्यो त राम्रो काम हुदैननि । फेरि आफ्नो सत्य कुरा भन्दा के नै बिग्रिन्छ र होइन ? अनि फेरि झुट बोलेर अरुलाई ठग्ने काम गर्नु त हाम्रो कानुनमा अपराध मानिन्छ नि होइनर ? झुट बोलेर जति अरुलाई पिरोलिन्छनी त्यो भन्दा दोब्बर आफुलाई पिरोल्छ यो कुरा सबैले मनन गर्नुपर्छ । झुटले मानिसलाइ शान्ति होइन पिडा दिन्छ , जलन दिन्छ आफुले आफुलाई नै तहस नहस गर्छ । अरुलाई झुट बोल्नु भनेको आफुलाई नै ठग्नु हो । आफ्नै अपराध गर्नु हो ।