प्रेम दिवश सार्थक रूपमा मनाऔँ (Essay)
प्रेम दिवश
फेब्रुअरी महिनाको १४ तारिख मनाइने एउटा अन्तरराष्ट्रिय पर्व हो । यो पर्व
अहिले आएर नेपालमा पनि भब्य रुपमा मनाइने चलन निकै बढेको देख्न सकिन्छ ।
प्रेम आखिर प्रेम नै हो जसले जसलाई गरेपनी तर केटाले केटीलाई र केटीले
केटालाई गरिने प्रेम मात्रै बिशेष हुन्छ । त्यसैले होला सायद यसलाई प्रेम
दिवश भनेर पुकार्ने गर्छौ हामी । कुनै पनि दिवश मनाउनु आँफैमा यो नराम्रो
कुरा भने पक्कै हैन तर आजभोली प्रेम दिवश (भयलेन्टाइन डे ) को नाउमा हुने
फेशन , अनावस्यक खर्चले भने नराम्रो रुप लिदैछ। प्रेमी प्रेमिका को अगाडि
उपस्थित हुँदा लगाउनु पर्ने लुगाको पनि कुनै अस्तित्वनै छैन । अनि हाम्रो
समाजले के पचाउछ के पचाउदैन भन्ने कुराको पनि मतलब छैन । यो भने सकारात्मक
पक्ष होइन । प्रेम आँफैमा एउटा पवित्र बन्धन हो । यसको लागि दुई आत्मा
बिचको मिलन , एकापसमा विश्वाश र सम्झौताको ठुलो अपरिहार्य पर्छ । जुन
अहिलेको अवस्थामा धेरैले यसको महसुस सम्म पनि गर्न सकेका छैन जसको कारण
भर्खरै मौलाउन लागेको प्रेमको कोपिला फूल बन्नै नपाउदै ओइलाउँछ । प्रेम
गर्नेहरुका लागि के प्रेम दिवश के अरु दिवश सधैं एकनास छ । मैले एक दैनिक
पत्रिकामा एउटा समाचार पढे जसले मलाई अलिकति घच्घचायो । एउटा जोडीले
प्रहरीको फन्दामा पर्नु पर्यो कारण थियो बिचराहरुको अन्धो प्रेम । जसले
उनीहरुलाई समाजको अगाडि सार्वजनिक मात्रै गरेन कारबाही पनि गरेर छाड्यो कि
अब कहिले पनि यस्तो नगर्ने सर्तमा । प्रेम गर्ने हरुको अगाडि प्रेममय
संसार मात्रै हुन्छ न कुनै कर्तब्य हुने न कुनै अधिकार हुने नकुनै छेक थुन
नै न कुनै समय नै त्यसैले भनिन्छ प्रेम अन्धो हुन्छ भनेर ।प्रेम सबैको
जीवनमा अपरिहार्य पक्कै हुन्छ चाहे त्यो गरीब धनी नै किन नहोस सपांग सपांग
नै किन नहोस किशोर , बालक र ब्रिद्ध नै किन नहोस् । तर प्रेम को नाउमा
तहल्का नै मचाउनु पर्ने आजका युवा पुस्ता देखेर चाँही तीन छक परिन्छ । लाज
सरम डर भन्ने कुरा त अलिकती पनि छैन वा । छाडा प्रेम सँग सँगै बड्दो छ
चुरोट र रक्सी को नसा पनि । बिर्सिदैछ आजको युवा बर्गले सामाजिक मान
मर्यादा र नैतीक शिक्षा पनि । भुल्दैछन नाता गोता र चार पुस्ते पनि ।जवानी
चड्दो छ , महंगी बढ्दो छ , तर अनुशासन घट्दो छ कस्तो बिडम्बना हरे ! आखिर
किन यस्तो भयो ? दोश कसको रह्यो ? केही हद मिडियाको , केही हामी अभिभवक र
धेरै हद उनीहरू स्वयम कै दोष छ । प्रेम गर्ने ले थाहा पाउनु पर्यो कि
प्रेम भनेको के हो ? यस्ले के दिन्छ हामीलाई ? हो पक्कै पनि जान्यो र
बुझ्न सक्यो भने प्रेम ले मान्छेलाई जीबन दिन्छ , यस्ले ठुलो शक्ती प्रदान
गर्छ । र अर्को कुरा यदी प्रेम असफल भयो भने मृत्यु दिन्छ भएन भने जीवन
भरि पिडा दिन्छ र मानसिक अपाङ्ग भएर बाच्नु पर्ने हुन्छ । त्यसैले हामी
सबैले प्रेमलाई बेलैमा चिनौँ र आफ्नो भविष्यलाई अगाडि बढाऔँ । प्रेम
दिवशसँगै आफ्नो कर्तब्य , ज्ञान , सिप , र सामाजिक मर्यादलाई पनि अगाडि
बढाऔँ । यस्लाई एउटा रमाइलो खेल भनेर नसोचौँ, प्रेमलाई भगवानको आशिर्बाद
भनेर मानौँ । कोही पनि प्रेमको अपराधी भनेर कारबाहीमा पर्नु नपरोस । प्रेम
दिवश सार्थक रूपमा मनाऔँ ।
नेपालमा बिगत १४ बर्ष देखि आयोजना हुँदै आएको मिस नेपाल प्रतियोगिता यस बर्ष स्थगित हुने सम्भावना बढेको छ ।
बिगत केही बर्षयता यस प्रतियोगिता को विरोध हुँदै आएको छ । नेपाल को कुल जनसंख्या मध्ये आधा संख्या ओगटेका महिलाहरु मा जम्मा २० जनाले प्रतिनिधित्व गरेर के नेपाल सुन्दरिको छनोट हुन सक्ला ? १४ अञ्चल ७५ जिल्लामा बाडिएको देश के काठमाडौं , पोखरा , नेपालगन्ज र बिराटनगरमा मात्रै सिमित छन् नेपाली नारीहरु ? के यी शहरका नारीहरुमा मात्र छ प्रतिभा ? किन हरेक कुरालाई शहर केन्द्रित गरिन्छ ? गाउमुखी कार्यक्रम किन हुन सक्दैनन वा बनाइदैन ? ती पहाड , तराइ र हिमालका महिला हरुले अफुमा भएको प्रतिभा कहाँ गएर प्रस्फुटन् गर्ने ?
प्रतिभा देखाउने नाउमा अंग प्रदर्शन र पहिरन प्रदर्शन गरेर मात्रै हुँदैन । नारीहरुको प्रतिभा प्रस्फुटनको नाउमा कम्पनीहरुले फाइदा उठाउँछन । उनीहरुको फाईदाको लागि हामी नारिहरुले जे भन्यो ते गर्नु पर्ने बाध्यता किन ? एउटा पत्रिकाको पाना देखी लिएर मिस नेपाल सम्म अंग प्रदर्शन गर्नु पर्ने बाध्यता किन ? एउटा नारीको प्रतिभा केबल सुन्दरी पहिरहन र फोटो सेसन्मा सिमित हुनुहुदैन भन्ने मेरो मनसाय हो ।
मैले नारी भएर नारीको नै विरोध गर्न खोजेकी हैन । मैले यति मात्र भन्न खोजेकी हुँ कि नेपाल का सबै क्षेत्राका महिला हरुले समान अबसर पाउनुपर्छ , सबैको एउटै अधिकार हुनुपर्छ कोही पनि यस्ता प्रतियोगिताबाट बन्चित हुन हुँदैन । के थाहा मिस नेपाल भनेको के हो ? यो किन आवश्यक छ ? भन्ने कुरा । बिचरा ती अन्जान दिदिबहिनी हरुलाई जस्ले आफ्नो जीबन घाँस दाउरा र गाइबस्तुको गोठालोगरि आशिक्षा आज्ञान र गरिबीसँगै बाच्नु परेको छ । नेपाली नारीहरुले धेरै कुरा पाउन बाँकी छ शीपमूलक शिक्षा , रोज्गार , ज्ञानको उज्यालो ज्योति र आत्म सम्मान्को खाँचो छ ।
नारीहरुको प्रतिभा कुनै पनि बहुराष्ट्रिय कम्पनीको एउटा विज्ञापनले प्रस्फुटन गर्न सक्दैन । जहाँ बौद्धिक क्षेत्रलाई भन्दा नारीको सुन्दर्तालाई बढावा दिइन्छ । नारी अस्मिताको संरक्षण र सम्बर्दन गर्दै मिस नेपाल छनोटको प्रकृयालाई परिवर्तन गरिनु पर्छ र यस प्रतियोगितालाई मर्यादित ढंग बाट सन्चालन गरिनुपर्छ ।
मर्यादित हुनुपर्छ मिस नेपाल (Current Affair/Focus)