संघीयता र देश टुक्रिने कुरा
लोकराज बराल
केही दिनयता संघीयताका विषयमा अनेक विचार आउन थालेका छन् । सामान्य नागरिकका बीचमा यसका पक्ष विपक्षमा यस्ता विचार व्यक्त गरिनु स्वाभाविकै हुन्छ । तर देशका सम्पूर्ण राजनीतिक शक्तिहरूले (केही बाहेक) समझदारी कायम गरी एक राष्ट्रिय अठोट बनाएको विषयलाई उनीहरू आपmनै दलका मुख्य ओहदामा बसेका व्यक्तिहरूबाट संघीयता विरोधी वक्तव्यबाजी हुनु या प्रक्रिया नै नमिली यस्तो गहन विषय आउनु ठीक होइन भन्ने भनाइले धेरैलाई आश्र्चय पार्न थालेको छ । संघीयतासँगै जनमत संग्रहका कुरा उठाउनु र देशनै टुक्रिन्छ भनिँदा साँचिक्कै यो यस्तो विषय हो त भन्ने प्रश्न पनि धेरैका मनमा उब्जिन सक्छ ।
नेपालको भौगोलिक अवस्था यतिका, वर्षको केन्द्रीकृत राज्य संरचना र त्यसअनुसारको संस्कार निर्माणले काठमाडौं बाहिरका जनतालाई मार्का पर्यो भनेरै आज केन्द्र, क्षेत्र र स्थानीयबीच शक्ति, साधन/स्रोत बाँडी नयाँ शासन व्यवस्था खडा गर्न खोजिएको हो । अतः नेपालका सन्दर्भमा संघीयता निम्न कारणले एक वास्तविकता बन्न पुगेको छ ।
ती हुन्ः
नेपालको राजधानी काठमाडौं हुनु र यसको भौगोलिक बनावट/ ऐतिहासिक पृष्टभूमि अन्य क्षेत्रसित मेल नखानु नेपाल राज्यको बनावटको आधार र देशको जातीय, सामाजिक, सांस्कृतिक, भाषिक विविधता एकै नहुनु र एक बहुसांस्कृतिक समाज हुनु आर्थिक विषमताले गर्दा र राज्यका विभिन्न निकायमा कुनै सुविधा सम्पन्न वर्ग या जात/वर्गको बाहुल्य हुनु मधेसलाई धेरै वर्षसम्म औपनिवेशिक रूपजस्तो पारिनु, त्यहाँ पनि पहाडे भाषा संस्कृति लादिएको भावना जाग्नु र त्यसविरुद्ध विद्राेह गर्नु अिझै पनि भाषागत आधारमा विभेद हुनु र कसैले कुनै भाषा प्रयोग गर्यो भन्दै राज्यले बखेडा खडा गर्नु सिबै जनजाति, मधेसी, पहाडे, लिंगले आजसम्मको विभेद हटाउन संघीयताको बाटो छान्नु निेपाली राज्यको व्यवस्थापन अब पुरानै खाले सरकारी शैली, संस्कार आदिले सम्भव नहुनु । नयाँ किसिमले प्रभावकारी शासन दिनुपर्ने भएकाले साधारण विकेन्द्रीकरणका उपायले मात्र व्यापक जन आकांक्षालाई सन्तुष्ट पार्न नसकिने हुँदा संघीयता चाहिएको स्वीकार गर्नु ।
यसका अतिरिक्त संघीयताको विकल्पमा कुनै पनि दलले ठोस प्रस्ताव दिन नसक्नुले अब संघीयताको बाटोबाहेक अर्को बाटो देखिएको छैन । यसको स्वरूप कस्तो हुने 'संघीयतामा आधारित केन्द्रीयता' -जस्तो भारतमै प्रयोग भइराखेको छ) या अन्य खाले संघीयतामा प्रशस्त बहस हुन सक्छ । नेपालको आफ्नै ऐतिहासिक, भाषिक, सांस्कृतिक, आर्थिक र भौगोलिक परिवेश भएकाले देश सुहाउँदो नमुना बनाउन सकिन्छ । तर विडम्बना के हो भने यहाँ भाषणबाजी धेरै, गहन गृहकार्य कम हुन्छ । यसले गर्दा राजनीति तात्ने तर त्यस्तो तताईबाट केही नपाक्ने हुन थालेको छ । नेपालका आजको मूल समस्या भनेको नयाँ नेपाल निर्माणका लागि चाहिने राज्य पुनर्संरचना र नयाँ संस्कार निर्माण गर्नु हो । पुनसर्ंरचनामा संघीयता, शासकीय स्वरूप लोकतांत्रिक संस्कार निर्माण, आर्थिक, सामाजिक र क्षेत्रीय विषमता हटाउन लिइने नीति र तिनको सही कार्यान्वयन हुन् । त्यस्तै राज्य र सरकार बलियो हुने र यसअन्तर्गतका प्रशासन, प्रहरी, सेना सबैको प्रभावकारिता र लोकतान्त्रिक संस्कार निर्माण गर्ने हो ।
संघीयतामा जानुभन्दा पहिले राजनीतिक शक्तिहरू र अन्य सबै तप्काका जनताले दरिलो गृहकार्य गरिनुपथ्र्यो भन्ने कुरामा कसैको दुईमत हुन सक्तैन । तर त्यो सम्भव भएन किनभने राजनीतिक नेतृत्वमा यस्तो संस्कार र परम्परा बसेकै छैन । माओवादीले जनयुद्धताका प्रस्तावित नौवटा स्वायत्त क्षेत्र र पछि मधेस आन्दोलनका दबाब र जनजातिले उठाएका मागका सिलसिलामा सबै मुख्य दलहरूले संघीयता लिएका हुन् । हतारमै गरिएको निर्णय भए पनि नेपालको भावी राजनीतिमा संघीयताको सफलता/असफलताले आफ्नु ठाउँ लिइरहने अवस्था आएको छ । यसको समाधान भनेको सबै सम्बन्धित क्षेत्रको गहिरो बहसद्वारा निकालिने निष्कर्ष हो । संविधानसभा नै यसको बाटो पहिल्याउने थलो हो किनभने यही सार्वभौम निकाय हो ।
अब रह्यो देश टुक्रिने डर । अब त संघीयतामा गइएन भने देश विखण्डित हुने अवस्था आएको छ, किनभने विकेन्द्रीकरणले मात्र आजको चाहना र माग पूरा गर्ने ठाउँ छैन । विकेन्द्रीकरण राजनीतिसित कम र विकाससित बढी सम्बन्धित रहन्छ । विकेन्द्रीकरणका पुराना रटानले सबै वाक्क भइसकेका छन् । आखिर नेपालको सामन्ती संस्कार, हुकुमी शासन शैली, असमान सामाजिक परिवेश र व्यक्तिवादले सबै निमुखा नेपालीले समान अवसर पाउलान् भन्न सकिने ठाउँछैन ।
मुलुक टुक्रिने आधार अनेक हुन्छन् । तर नेपालको सहिष्णुता, समन्वयवादी परम्परा, धर्म निरपेक्षताको धरातल र सम्पूर्ण जनताको हालसम्मको राष्ट्रियताप्रतिको प्रतिबद्धता नेपाली राष्ट्रियताका विशेषता हुन् । संघीयताको सबैभन्दा पेचिलो पक्ष प्रान्तहरूको विभाजनमा
देखिन्छ । यसलाई निष्कर्षमा नपुर्याउने दोष सरकार चलाउने दलहरूमा देखिन्छ । आजसम्म राज्य पुनर्संरचना आयोग गठन हुन नसक्नु र मुख्य दल र विभिन्न क्षेत्रीय या जातीय समूहका अगुवाहरूसित छलफल गरी निष्कर्षमा पुग्न नसक्नु यसप्रति गम्भीर हुन नसक्नु हो । आज सबैजसो दबाब समूहका रूपमा मात्र रहेकाले आफ्ना-आफ्ना जातिगत आधारलाई बल दिनु अस्वाभाविक होइन । तर सबै दलले संविधानसभा भित्रैबाट निष्कर्ष निकाल्न सक्नुपर्छ । खालि राजनीतिक नेतृत्ववर्गको गृहकार्यको अभाव र बहसमा सरिक भई निक्र्योलमा नपुग्ने शैलीले केही अप्ठ्यारो परेको मात्र हो । एकातिर परिवर्तनपछि दलहरू पुरानै खाले राजनीति र अति व्यक्तिवादी कार्यशैलीमा फर्किनाले आज समस्या सुल्टिन नसकेका हुन् । त्यसमा पनि संविधान बनाउन त न्यूनतम सहमतिका आधारमा स्वीकारेको सिद्धान्त हुनैपर्छ ।
लोकतन्त्र एक साझा सिद्धान्त हो भने यसलाई बढी व्यापक, जनमुखी र प्रभावकारी बनाउने अनेक नीति र कार्यगत भिन्नता हुन सक्छन् । लोकतन्त्र भनेको विश्वव्यापी रूपमा स्थापित उदारवादी लोकतन्त्र हो किनभने नेपालका सबै जनआन्दोलन यस्तै लोकतन्त्र प्राप्त गर्न नै गरिएका हुन् । आफ्ना-आफ्ना दलका नीतिअनुसार सामािजक, आर्थिक परिवर्तन गरिने कुरा संविधान बनी सरकार गठन गरेपछि गरिने कुरा हुन् । तर संविधानले पनि रूपान्तरण गर्ने र राष्ट्र बलियो र अक्षुण्य राख्ने कुरा उल्लेख गर्नैपर्छ । नेपालका कुनै पनि जनजाति, मधेसी या अरू कसैले राज्य विखण्डन गर्ने कुरा गरेको छैन । बरु आफ्ना हक अधिकार सुरक्षित गर्न र त्यसअनुसारको शासन व्यवस्था कायम गर्न सबै चनाखो भएका छन् ।
संघीयतामा जानका लागि जनमत संग्रह गरिनुपर्छ भन्ने तर्क उचित छैन । जनताले देशव्यापीरूपमा गरेको जन आन्दोलन, उनीहरूले छानेको संविधानसभा र त्यसले निर्माण गरेको संविधानभन्दा माथि अरू कोइ हुन सक्तैनन् । सार्वभौमसत्ता जनतामा नीहित र तिनै जनताले आज मुलुकमा कत्राकत्रा परिवर्तन गरेका छन् भने अब आएर जनमत संग्रह गरी कतिपय कुरामा निर्णय लिनुपर्छ भनिँदा जनताको अपमान गरेको ठहरिन्छ । जनमतको प्रावधान संविधानमा राख्न सकिन्छ र भोलि संविधान कार्यान्वयनका सिलसिलामा केही अप्ठ्यारा हटाउन त्यस प्रावधानको प्रयोग हुन सक्छ । तर आज जनमतको कुरा उठाइनु भनेको राजनीतिक गतिरोध निम्त्याउनु मात्र हुन्छ । यदि यस्तै कुरा उठाउने हो भने त राजनतन्त्र राख्ने/नराख्ने, त्यस्तै हिन्दूराष्ट्र मान्ने नमान्नेमा पनि जनमतसंग्रह हुनुपर्यो । भारतमा संविधानसभा भित्रैबाट यस्ता विषयमा बहस चलेको र यही निकायले सबै विषयको टुंगो लगाएको हो । जनमत संग्रहमा पनि आखिर यी सबै राजनीतिक शक्ति र सचेत जनताले निर्णय गर्ने कुरा हो ।
संघीयता कसरी प्रभावकारी र देशहित गर्ने हुन सक्छ भन्नेभन्दा अर्को विकल्प आज छैन । मुलुकको क्षेत्रीय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सबै शक्ति, जाति, क्षेत्र/लिङ प्रतिबद्ध भई अगाडि बढ्दा मात्र अब एकता कायम हुन सक्छ । संघीयताको विरोध र नकारात्मक सोचले झन् विभाजन हुने खतरा बढ्न सक्छ । त्यस्तै गणतन्त्र, धर्मनिरपेक्षताको प्रश्न आउँछ । जनता स्वभावैले धर्म निरपेक्ष्ा छन् भने अब आएर हिन्दू राज्य हुनुपर्छ भनिँदा अरू कतिपयलाई अप्ठ्यारो पर्छ र भोलि यसै आधारमा मुलुक द्वन्द्वमा पर्न सक्छ ।
नेपाली भाषाको विकासमा अन्य भाषाको सम्बन्ध
अमृत बास्कुने
विश्वमा विविध भाषा परिवार अन्तर्गत भारोपेलीको ुसतम्ु वर्ग भित्र आर्येली शाखामा पर्ने नेपाली संस्कृत भाषाको सन्तति हो । आधुनिक आर्यभाषाको अन्यतम जीवन्त सदस्यको रुपमा मैथली भोजपुरी अवधी र ब्रज भाषा हुन् र नेपाली पनि यी भाषाहरुका दिदी बहिनी हो । सिन्धु सभ्यताको पतनका बेला खैबर दर्राबाट निरन्तर मुगल आक्रमणले त्रासदी भोग्दै आएका पाजावमा बसोवास गर्ने ुकठु जाति हिमान्चल क्षेत्रतर्फ अग्रसर भएका प्रमाण अझपनि अल्मोडा कुमाऊँ टिहरी गढवाल र देहरादुनमा पाइन्छ । वर्तमान नेपालको कर्णाली प्रस्रवण क्षेत्रमा नागराजद्धारा स्थापित साम्राज्यमा उही कठु जाति खसु जातिमा परिवर्तित भई िसंजाली सभ्यताको विकास गर्यो । उपर्युक्त कर्णाली प्रदेशबाट राज्य विस्तार सँगै भाषा विस्तार पनि बाइसी-चौबिसी राज्यहरु समेतमा महत्वपूर्ण स्थान प्राप्त गर्यो । गोरखाका राजाहरुको यी बाइस-चौबिस राज्यहरु सँग बैबाहिक सम्बन्धले गर्दा न भन्दा भन्दै गोर्खा राज्य समेतमा यसले आफ्नो भाषा विस्तार गर्यो । नेपालको एकीकरणसँगै जुनजुन भूभागमा नेपालीहरु पुगे पृथ्वीको एकीकरण अभियानको बेला ५३ वटा राज्यरजौटाहरु थिए अतः आजको जस्तो नेपाल भन्ने बेला थिएन मौखिक रुपमा पशुपति क्षेत्र-कान्तिपुर ललितपुर र भक्तपुरलाई मात्र नेपाल भनेर पहिचान प्राप्त थियो त्यस ठाउँमा यस भाषाको विस्तार स्वभावतः हुन थाल्यो । नेपाली एकीकरण सन्दर्भमा इतिहासको पानाहरु र दस्तावेजहरु पल्टाएर हेर्दा कोशीदेखी पश्चिम र गण्डकीभन्दा पूर्वका भूभाग जो तराई मधेशभित्र कहलाउँर्यो पृथ्वी ना।sा वंशजले पाइला टेकेको थिएन । यो क्षेत्र तिरहुत र अबध क्षेत्र अन्तर्गत भारतद्धारा शासित थियो । राणा र अंग्रेजहरुको मित्रवत सम्बन्धले गर्दा सप्तरी महोत्तरी सर्लाही रौतहट बारा र पसा्र सिरहा र धनुषा पछि जिल्ला बनेका हुन् जग्गाकर उठाउनका लागि चन्द्र शमशेरले लीजमा लिएका थिए । बुटवल-स्युराज अबध नबाबको थियो जो पाल्पाका सेन राजालाई करअसूल गर्न प्रदान गरेको थियो । यसै क्षेत्रका कारण अंग्रेज र नेपाल बीच १८१४ ई।मा लडाईं भएको थियो र १८१६ ई ३ मार्चका दिन आठ बुँदे सम्झौता अन्तर्गत हालको तराई प्रदेश नेपालमा गाभिन पुगेको हो । १८५७ ई को सिपाही विद्रोहमा जंगबहादुर बन्धुहरुको सहयोग समर्थन बापत बाँके बर्दिया कैलाली कंचनपुर उपहार स्वरुप नेपालले पाएको सत्यतथ्य यही हो ।
यस प्रकार सन् १८०१ १८१६ १८६० ई। का सन्धीहरुद्धारा सम्पूर्ण तराई मधेश क्षेत्र नेपालमा सामेल गरियो तथा हाम्रंो क्षेत्रफल १४७१८१ वर्ग कि।मि।मा सिमित भयो । यी ऐतिहासिक दस्ताजवेज हुन् ।
अब दोस्रो भौगोलिक दस्तावेज तर्फ ध्यान दिँदा चुरे पर्वतको तलहटीमा भावर र चार कोसे जंगलले आच्छादित थियो जसलाई राणा शासनकालमा अंग्रजहरुले रेलको पटरी स्लीपर निर्माण हेतु जथाभावीढंगले कटानी-फडानी गरी एक चौथाइ जंगल विनास गरियो । त्यस्तै राणाहरुले बिर्ता वितरण गर्न महेन्द्रले पुनर्वास का लागि २०३६ को जनमत संग्रहको बेला तथा २०४७ को जन आन्दोलन कालमा जसले जहाँ पायो जंगल फडानी गरी बसोबास गरी खेती गर्न थाले । २०२७-२०२९ साल तिर पूर्व पश्चिम राजमार्ग निर्माण कालमा हिमाल÷पहाडका बासिन्दाहरु सुगम ठाउँमा जथाभावीढंगले राजमार्गको उत्तर-दक्षिण करिब ४ कि.मी क्षेत्र फडानी गरी बसाइँ सराइ गरेको प्रमाण बसबाट यात्र गर्दा प्रष्ट आफ्नो आँखाले देख्न सकिन्छ । २३% तराईको भूभाग १७% मा झरेको छ । तर यसले नेपाली भाषा विकासमा महत्वपूर्ण योगदान गरेको छ ।
भाषा विकासमा तेस्रो तत्व हो सामाजिक समिश्रण हो । त्यस्तै चौथो तत्व हो राजनैतिक अवस्था । राजा महेन्द्रले २०२८ सालमा रा।शि।प। को योजना लागू गर्नुभन्दा पूर्व सम्पूर्ण नेपालमा भारतेली पाठ्यक्रम र पाठ्यपुस्तक अध्ययन अध्यापन गराइन्थ्यो । एस।एल।सी परिक्षामा हिन्दी माध्यममा लेख्ने छूट थियो । हिन्दी भाषा भाषी ७०% शिक्षक भारतीय थिए । त्यसैले पहाड÷हिमाल समेतमा हिन्दीको प्रचार प्रसार भई राखेको थियो । तर २०२८ पछि नेपाली भाषामा सबै विषयका पाठ्यपुस्तक तयार भई सम्पूर्ण नेपालमा एउटै पाठ्यक्रम र पाठ्यपुस्तक लागू गरी एकरुपता कायम गरियो जसले द्रुत गतिमा नेपाली भाषाको विकासमा योगदान पुर्यायो ।
पाचौं तत्व हो साहित्य सृजना । भानुभक्तका रामायणलाई कोसे ढुङ्गा मान्न सकिन्छ त्यसैले उनी आदिकवि कहलिएका हुन् । मोतिराम भट्टले भानुभक्तको जीवन चरित्रु १९४८ मा भाषिक विकास बारे चर्चा गरेका छन् । जय पृथ्वी बहादुर िसहका प्राकृत व्याकरणु १९६९ तथा गोरखापत्र प्रकाशनु १९५८ भन्दा पूर्व नै बालबोधु किताबमा नीजले यस प्रकार उल्लेख गरेका छन् पर्वते भाषामा केही विधा नभयाका हुनाले र पढ्ने मानिसले कि त संस्कृत अथवा अंग्रेजी फारसी पढे मात्र इलम पाइने हुनाले बढो मेहनत गरी गोर्खा राज्यमा इलम बढोस् भन्न निमित्त अंग्रेजी उर्दू संस्कृत् हिन्दीका किताबहरुबाट झिकी धेरै पुस्तक बनेका छन् ।ू जय पृथ्वीबहादुर िसंह बडो इमान्दारी साथ निम्न कुरा प्रष्ट गरेका छन्
क नेपाल नभनेर गोर्खा राज्य भनिएको छ ।
ख नेपाली भाषा सम्पूर्ण नेपालको थिएन-पर्वते भाषा थियो ।
ग पर्वते भाषा पनि संस्कृत उर्दू फासरी भोजपुरी अवधी मैथली र हिन्दीसँग समिश्रित हुँदै विकसित भएको हो । २०५८ सालमा पुनः मुदि्रत अक्षराङ्क शिक्षा-१९५८ को भूमिकामा त्रैलोक्य नाथ उप्रेती लेख्नुहुन्छ-अंग्रेजी संस्कृत र फासरी जस्तै नेपाली भाषा स्तरीय र सम्पन्न बनोस् भन्ने जय पृथ्वीबहादुर िसंह लागी परेका थिए । राजा जय पृथ्वीबहादुर िसंहले देशकेा परिस्थिति प्रतिकुल हुँदा पनि पर्वतीय भाषा मानिएको नेपाली भाषाको मानकीकरणमा सहयोग पुर्याउन स्वयम् समर्पित थिए। ने्पाली रचना कुसुम २०१४ नेपाली रचना प्रकाश २०१८ राम्रो रचना मीठो नेपाली २०२३ प्रयोगात्मक भाषा तव २०३५ आदी पुस्तकका प्रकाशनले प्रष्ट गर्दछ की नेपाली भाषालाई दरिलो बलियो सबल र सक्ष्म अभिव्यक्तिको माध्यम बनाउने प्रयास २०२८ पछि मात्र तिव्रतर रुपमा अघि बढेको छ । यस भन्दा पूर्व नेपालका भिन्दा भिन्दै क्षेत्रमा भिन्दा भिन्दै किसिमका भाषा प्रचलित थिए र छन् पनि तथापि सम्पर्क भाषा नेपाली दरो रुपमा स्थापित भई राष्ट्रिय भाषा बनेको छ ।
यी सबै बुँदाका साथ साथै हामीले के बिस्रनु हुँदैन नेपालका सम्पूर्ण हाम्रा पूर्वज विद्धानहरु भारतीय प्रोडक्ट थिए-वि।पि। पुष्पलाल मनमोहन सूर्यबहादुर तुलसी गरी विश्वबन्धु नागेन्द्र रिजाल नवराज सुवेदी आदि चाहे पूर्व मेची होस् वा पश्चिम महाकाली सबैको विद्या प्राप्त गर्ने मुख्य थलो बनारस थियो । भारतीय सेनामा कार्य गर्ने लाहुरे पनि हिन्दी विकास गरेका हुन् ।
यो कटु सत्य हो कि हिन्दी बोल्ने एक प्रतिशत जनसंख्या नेपालमा छैनन् तर ९५% नेपाली पछि हिन्दी नै बुझ्ने मानिस नेपालमा छन् । अतः नेपाली र हिन्दीको भाषिक विवादमा देशलाई अल्झाएर साम्प्रदायिकता र संकिर्णताको प्रंश्रय दिनु आफ्नो गोरुको बाहै्र टक्का वा लेडें ढिपी गर्ने वा बुझेर बुझ पचाउने हरुसँग सर्तक र सचेत हुनु परेको छ । हिन्दी र नेपाली सँबन्धमा तथ्य प्रमाण दस्तावेज निम्न हुन्ः
क भानुभक्त र मोतीराम भट्टका रचनाहरुका भाषा
ख पृथ्वीनारायणको दिव्य उपदेशका भाषा
ग सुगौली सन्धीका भाषा
घ राणाहरुका इस्तिहारका भाषा आदि मिश्रित भाषाका ज्वलन्त उदाहरण हुन् ।
को हुन बाबुराम भट्टराई ?
मनऋषि धिताल
बाबुरामको पुस्त्यौली हेर्दा गोरखाको लिगलिगकोटको फेदीमा आएर बसेको बाइस तेइस पुस्ता भयो । इतिहासकार दिनेशराज पन्तका अनुसार द्रव्य शाहलाई लमजुङ्गबाट ल्याएर लिगलिगकोटमा राजा बनाउदा गणेश पाण्डे, नारायण अर्यालहरुसँग मिलेर गजानन्द भट्टराईले ठुलै भूमिका निर्वाह गरेका थिए । उनै गजानन्द भट्टराईका सन्तान हुन बाबुरामका पुस्ता । उनका पूर्खाहरु तत्कालिन गोर्खाली राजपरिवारका ज्योतिषी थिए । बाबुरामका जेठा वा हरिप्रसाद भट्टराईले ज्योतिषी काम गरे । त्यसो त बाबुरामका हजुरबा भैरवप्रसाद भट्टराई पनि किसान थिए र बाबु भोज प्रसाद भट्टराई पनि किसान नै ।
बाबुराम भट्टराई आधुनिक शिक्षा दिक्षा प्राप्त गर्ने गोरखाली भट्टराई खलककै पहिलो पुस्ताका व्यक्ति हुन् । निम्न मध्यम परिवारमा जन्मिएका बाबुराम भट्टराईका एक दीदी एक बहिनी र एक भाई छन् । किसानको छोरा भएकाले उनले बाबु आमालाई खेती किसानीमा सघाउने कुरा स्वभाविकै भयो । उनले आफ्नो बाल्यकालदेखि एस.एल.सी. दिउन्जेलसम्म गाई गोठालो भएर बाआमालाई सघाए । उनले घाँस दाउरा गर्ने, पानी वोकेर ल्याउने र विशेषगरी भाई बहिनी हेर्ने काम पनि गरे । बाआमा पढन जतिकै काम गर्न पनि सिपालु छोरा पाएकोमा दंग थिए ।
दीदीको बाह्र तेह्र बर्षमा विहे भएकाले बाबुरामलाई आफू भन्दा ८/९ बर्ष कान्छा भाई बहिनी हेर्ने जिम्मा आयो । पँधेराबाट पानी बोक्ने, भाई बहिनीलाई लगेर न्वाई ध्वाई गर्ने काम गर्थे । यसबाट बुझिन्छ कि बाबुराम बाल्यकाल बाटै सामाजिक व्यवहारिक रुपमा जिम्मेवार व्यक्तित्वमा विकास हुदै गए । एस.एल.सी. परीक्षा दिनु अघि उनी लुइँटेलमा स्याउले छात्रावासमा बसे । स्याउला ओछ्याएर बस्ने छात्रावासमा आफ्ना सहकर्मीहरुसँग बस्दा बाबुराम पंधेरामा पानी ल्याउन र जंगलमा दाउरा खोज्न जान्थे । खाना पकाउने आलोपालो हुन्थ्यो तर उनी भने भाँडा माझ्नमै बढी रुची राख्थे । उनका सहपाठीहरुउनलाई भाँडा माझ्ने जिम्मा दिन्थे ।
काठमाण्डौंमा कवि लेखनाथको छिडीमा
२०२६ सालको एस.एल.सि.मा वोर्ड फष्ट भएर उच्च शिक्षा हासिल गर्न बाबुराम काठमाण्डौं आए । त्यतिवेला सरकारले जम्मा एकसय रुपैया छात्रबृत्ति दिन्थ्यो । किसान परिवारका बाबुरामले त्यो खर्चले मात्रै महिनाभरी चलाउन कठन थियो । अमृत साइन्स कलेजबाट नजिकै कवि शिरोमणि लेखनाथ पौडेलको घरको छिडीको साँघुरो कोठामा मासिक पचास रुपैयाँमा बाबुराम र उनका तीन सहपाठीले डेरा जमाए । घरबाटै चामल ल्याउने र आवश्यक थप सरसामान यतै किनेर विद्यार्थी जीवनको कठीन यात्रा शुरु गरे । काठमाण्डौं आएपछि बाबुराम र उनका सहपाठीको जीवनमा एउटा क्रान्ती आयो । यहाँ स्टोभमा खाना पकाउन थाले । आफ्ना सहपाठीहरु बीच रमाइलो कुरा पनि चल्यो “विज्ञानले यत्रो प्रगति गरि सकेछ । खाना पकाउने स्टोभ बनिसकेछ । गाउँ जाँदा एउटा स्टोभ लैजानु पर्यो र टिकट काटेर गाउँलेहरुलाई हेर्न वोलाउनु पर्यो । “
बाबुरामको कवि लेखनाथसँग भेटघाट भएन । किनकि उनी काठमाण्डौं आउनु ५ बर्ष पहिलेनै कवि लेखनाथको निधन भई सकेको थियो । कवि लेखनाथका छोरा सह- सचिव थिए । “हामी सह-सचिवको घरमा बस्न पाएकोमा मख्खै थियौ किनकी विद्यार्थीलाई कहिले काँही सिफारिस आदि गर्नुपर्ने हुन्थ्यो उनीहरु पनि बोर्डफष्ट भएको केटो हाम्रै घरमा बस्छ भनेर मलाई मायाँ गर्थे । कवि लेखनाथकि श्रीमती हुनु हुन्थ्यो, सेतो फुलेकी ।” बाबुराम कलेज जीवनका प्रारम्भिक दिन स्मरण गर्दै भन्छन् ।
साहित्यमा बाबुरामका रुची
कविको छिडीमा डेरा भएकाले होइनकि बाबुराममा साहित्य प्रति पहिलेनै रुची थियो । उनले नेपाली बिषयमा ८१ न्ाम्वर ल्याएका थिए जवकि त्यतिवेलासम्म नेपालीमा सत्तरी भन्दा बढी कसैको हुन्थेन । मदन पुरस्कार गुठीले उनलाई पुरस्कार पनि दिएको थियो । नेपालीमा सबैभन्दा बढी नम्बर ल्याउने विद्यार्थी भनेर । उनी नेपाली साहित्यका भेटेजति पुस्तक पढ्थे । कवि लेखनाथको “तरुणतपसी” पढि सकेका थिए । कवि भूमि शेरचनको “घुम्ने मेचमाथि अन्धो मान्छे” भरखरै छापिएको कविता संग्रह थियो । त्यो उनले निकै रुची राखेर पढे । अहिले पनि उनलाई त्यो कविता संग्रहका कयौ कविता कन्ठस्थ छन् । “मेरो शहरमा एउटा चोक छ । यहाँके छैन सवथोक, रोग, भोक र शोक छ ।” भन्ने कविता र “हुदैन विहान मिरमिरेमा तारा झरेर नगए बन्दैन देश दुईचार सपुत मरेर नगए” भन्ने कविता बाबुरामलाई निकै मन परे । पछि वीपि कोइरालाका कथा, लक्ष्मीप्रसाद देवकोटाका कविता पनि उनले पढे । कवि शिरोमणि लेखनाथ पौडेलको सामन्ती रोमान्टिक खालको, वि.पी र देवकोटाको पुँजीवादी खालको र पारिजात, भूमि शेरचनको साहित्य प्रगतिशिल खालको लाग्न थाल्यो । उनको साहित्यिक अभिरुचीमा पनि त्यसरी नै छाप पर्दै गयो । उनलाई काठमाण्डौंमा पढ्दासम्म विदेशी साहित्यको अध्ययन गर्ने अवसर भने भएन । विज्ञानको विद्यार्थी भएकाले त्यता तिर मात्रै उनको अध्ययनमा वढी समय बित्यो । साहित्यमा स्व.अध्ययन मात्रै भयो ।
काठमाण्डौं र राजनीतिसँग बाबुराम
२०२७/२०२८ तिर राजनीतिक दलहरु प्रतिवन्धित थिए । राजनीतिक गतिविधि भनेका विद्यार्थी गतिविधि मात्रै थिए । कम्युनिष्ट पार्टीहरु पनि फुटेका थिए । काँग्रेस नेताहरु प्रवास तिरै थिए । शेरबहादुर देउवाको नेतृत्वमा नेविसंघ भरखरै गठन भएको थियो । अखिल पनि भरखरै गठन भएको थियो । विद्यार्थीहरु अखिल र ने.वि.संघ भनेर चुनाव लडथे । अमृत क्याम्पसमा भने प्यानल सहित चुनाव हुन्थेन । तर वामपन्थी प्रभाव भने थियो । बाबुरामको राजनीतिक चेतना त्यतिवेला राजतन्त्र विरोधी मात्रै थियो । काँग्रेस वा कम्यूनिष्ट थिएन । उनी राजतन्त्र विरोधी कसरी भए होलान् ? २०१७ सालमा बहुदलिय व्यवस्था खारेज गरी राजा महेन्द्रले निर्दलीय व्यवस्था स्थापना गरेपछि नेपाली काँग्रेसले स-सस्त्र संघर्ष शुरु गर्यो । त्यतिवेला उनकि जेठी आमाका दाजु मामा कृष्णप्रसाद न्यौपाने काँग्रेसका नेता थिए । उनी वारेन्टेड रहेछन् र बाबुरामको घरमा भूमिगत बसेका रहेछन् । बाबुरामहरु त्यतिवेला ६/७ बर्षका थिए । उनको घरमा भूमिगत बसेका मामाले राजतन्त्र विरोधी कुराहरु गरिरहने, के के थरि पर्चाहरु लेखिरहने गर्थे । त्यसबाट राजतन्त्र विरोधी प्रारम्भिक चेतना उनमा जाग्यो । पछि २०२५ सालतिर भरत शमशेरले “राजामहेन्द्रका अपराधहरु” भन्ने पर्चा लेखेका थिए । त्यो पर्चा पनि उनै मामा मार्फत उनले पढ्न पाए । राजा भनेको त वदमास पो रहेछ भन्ने उनलाई भित्रदेखि लाग्यो । स्कूले जीवनमा जागेको राजतन्त्र विरोधी भावना अमृत क्याम्पसमा पढ्दा झन बलियो हुदै गयो । त्यतिवेला स्नातक तर्फबाट राष्ट्रिय पंचायत सदस्यमा चुनाव लडेका राजराजाप्रसाद सिंहले जिते । रामराजाप्रसाद सिंहलाई सपथ ग्रहण गर्न दिइएन । उनी राजतन्त्र विरुद्ध गणतन्त्रका पक्षमा उम्मेदवार भएका थिए । उनको गिरफतारी र उनलाई सपथग्रहण गर्न नदिएको विरोधमा अमृत क्याम्पसमा आयोजित विरोध कार्यक्रममा उनी सहभागी भए । यो नै उनको पहिलो राजनीतिक काममा सक्रिय सहभागीता थियो । गणेशमान पुत्र प्रदीपमानसिंह, मनमोहनका छोरा प्रकाश अधिकारी संगै पढथे । अमिक शेरचनका भाई प्रान्ति शेरचन अमृत क्याम्पसका स्ववियू सभापति उम्मेदबार थिए र उनले जितेका थिए । उनी यति वेला आफ्नो ज्ञान वढाउन राजनीतिक नेताहरुसँग भेटघाट गरिरहन्थे । एस.एल.सी. बोर्ड र आइएस्सीको पनि प्रथम विद्यार्थी भएकाले उनलाई सवैले चिन्थे । उनी सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय जस्ता व्यक्तिहरुसँग ज्ञान हासिल गर्न भेट्थे । तर कुनै राजनीतिले प्रेरित वा राजनीतिक उद्देश्य हासिल गर्नकालागि भने होइन । काठमाण्डौंमा पढ्दा उनको राजनीतिक चेत अंकुरित मात्रै भएको थियो ।
भारतमा अध्ययन र राजनीति
एस.एल.सि. र आईएस्सीमा सर्वप्रथम भएपछि उनी कोलम्बो प्लानमा इन्जिनियरिङ्ग पढन चन्डिगढ गए । चन्डिगढको राम्रो वातावरणमा उनले कलेजको अध्ययन मात्रै हैन स्वअध्ययन पनि गरे । हालका भारतका प्रधानमन्त्री मनमोहन सिंह उति वेला चण्डिगढमा पढाउथे । कार्लमाक्सको कम्यूनिष्ट घोषणा पत्र त कोर्षमा नै थियो । त्यस बाहेक बाबुरामले एक पटक विश्वका सवै चर्चित व्यक्तित्वहरुको जीवनी पढी भ्याउने अठोटै गरे । गान्धीदेखि चे सम्मका जीवनी पढदा उनलाई सबै भन्दा वढी चे को जीवनीले प्रभावित पार्यो । उनी दिनभरीनै पन्जाव विश्वविद्यालयको पुस्तकालयमा भेटिन्थे । सत्तरीको दशकको शुरुवातमा विश्वभरीका युवाहरुमा चे को क्रेज अत्याधिक थियो । उनी चे प्रति प्रभावित हुनुका दुईवटा कारण थियो । पहिलो बैचारिक ढंगले उनी कम्यूनिष्ट विचार प्रति आकषिर्त भई सकेका थिए र दोश्रो भारतमा कुल्लीको काम गर्ने लाखौ नेपालीको अवस्था नाजुक थियो । बाबुराम त्यो अवस्थाबाट नेपालीलाई मुक्त गर्ने बाटो के हुनसक्छ भनेर सोची रहेका थिए । उनी चे को सशस्त्र संघर्षको बाटो नै नेपाली दुःखी गरीवहरुको बाटो हो भन्ने निस्कर्षमा पुगी स्ाकेका थिए । भारतमा भएका नेपाली विद्यार्थीलाई संगठित गर्ने उद्देश्यले चन्डिगढमा २०३३ सालमा उनकै नेतृत्वमा नेपाली विद्यार्थी संघ भन्ने एउटा संगठन खुल्यो । बाबुराम २०३४ सालमा त्यो संगठनलाई भारत व्यापी बनाउने तयारी गरे । बाबुरामले २०३४ मा इन्जिनियरिङ्गमा ग्य्राजुयट गरिसके पछि पोष्ट ग्य्राजुयट गर्न दिल्ली आए । बाबुरामकै योजनामा अखिल भारत नेपाली विद्यार्थी संघ बनाइयो । त्यसको पहिलो सम्मेलन चन्डिगढमै भयो र त्यसले पहिलो अध्यक्ष बाबुरामलाई नै बनायो । यो भारतमा भएको कुनै पनि नेपाली संगठनहरुमा पहिलो थियो । यसले पहिलो पटक “फागुन ७” को औचित्य भन्ने विचार गोष्ठीको आयोजना गर्यो । त्यो गोष्ठीमा २००७ सालमा भएको आन्दोलन अपुरो रहेको र राजा रहेसम्म प्रजातन्त्र हुदैन भन्ने बिषयमा बाबुरामले आफ्ना खुल्ला विचार राखे ।
बाबुराममाथि आरोपको श्रृङ्खला
जव सबैतिरबाट बाबुराम सर्वप्रथम बन्दै गए, प्रवासमा भएका नेपालीहरुलाई जव उनले संगठित बनाएर नेपालको राजतन्त्र विरुद्धको संघर्षमा लामवद्ध बनाउन थाले तव उनी विरुद्ध षड्यन्त्र र आरोपको श्रृङ्गखला सुरु भयो । नेपालबारे केही गर्नु पर्छ भन्ने सोचका साथ भारतमा डाक्टर, इन्जिनियर, कृषि बिषय पढने विद्यार्थीलाई समेटदै एउटा साझा संगठनका रुपमा बाबुराम भट्टराईले नेतृत्व गरेको अखिल भारत नेपाली विद्यार्थी संघ बन्दै गयो । त्यो संगठन सारमा राजतन्त्र विरोधी थियो । २०३४ असोजमा बाबुराम त्यो संगठनका अध्यक्ष बने । अघिल्लो साल वि.पि. कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किदा गिरफ्तार भएका थिए । उनी क्यान्सरका विरामी थिए । उनको उपचार गर्न दिनुपर्छ भन्ने आवाज विभिन्न मानवअधिकारवादी संगठनहरुले उठाएका थिए । त्यही वेला बाबुरामले नेपाली विद्यार्थीहरुको साझा संगठनका अध्यक्षका हैसियतले वि.पि. कोइरालाको उपचार हुनु पर्छ भनेर वक्तव्य निकाले । त्यो वक्तव्य निकालेपछि भारत स्थित नेपाली दुतावासले बाबुरामलाई उनको संगठनको अध्यक्षबाट निष्कासन गरिएको वक्तव्य दिन लगायो । वि.पि.को स्वास्थ्य उपचारका पक्षमा वक्तव्य निकाल्नेलाई अध्यक्षबाटै निष्कासन गरिएको खवर पछि बाबुरामको जनसम्पर्क झन् व्यापक हुदै आयो । दुतावासले दिल्ली यूनिटका अध्यक्ष प्रभात घिमिरे र सचिव विनोद श्रेष्ठलाई दुरुपयोग गरेको थियो । पछि भारत भरी हलचल भयो । बाबुरामकै अध्यक्षतामा बसेको अखिल भारत नेपाली विद्यार्थी संघको अर्को बैठकले भारत स्थित नेपाली दुतावासको योजनामा राजतन्त्रका पक्षमा लाग्नेहरुलाई कारवाही गर्यो । यो घटनाबाट बाबुराम गणतन्त्रका पक्षमा दरिलो अडान भएका व्यक्तित्व हुन् भन्ने कुरा पुष्टी भयो र उनले नेतृत्व गरेको संगठन जनतन्त्र पक्षीय सबै शक्तिहरुको साझा संगठनका रुपमा झन् स्थापित भयो । नेपाली काँग्रेस, तुलसीलाल अमात्य समूह, तत्कालिन चौम लगायतका दलहरुले त्यसपछि बाबुरामलाई सम्पर्क गर्न थाले । २०३४ सालकै माघमा ओखलढुङ्गाको टिम्वुरवोट काण्डका क्याप्टेन यज्ञ बहादुर थापा र भिमनारायण श्रेष्ठ लगायतलाई पञ्चायती शासकहरुले मृत्युदण्ड दिए । पञ्चायती व्यवस्थाले घटाएको त्यो काण्ड विरुद्ध दिल्लीमा बाबुरामकै नेतृत्वमा विरोध जुलुस निकालियो । यो नै बाबुरामको जीवनमा सहभागी भएको त्यतिवेलाको पहिलो ठुलो राजनीतिक गतिविधि थियो । पञ्चायती सामन्त्त र राजावादीहरुले बाबुरामको गणतन्त्र पक्षीय आन्दोलनलाई रोक्न सकेनन् ।
नेपाली मजदुर, कुल्लीका बीचमा
भारतको पञ्जाव विश्वविद्यालय र जवाहरलाल विश्वविद्यालयका पुस्तकालय पढेर रित्याएका बाबुरामले आफ्नो अध्ययनलाई पुस्तकमा मात्रै सिमित राखेनन् । उनले आफ्नो ज्ञान र भावनालाई भारत स्थित नेपाली विद्यार्थी, मजदुर र जागीरदारहरुबीच पनि साट्न थाले । उनी पुस्तक भित्रको दर्शन मात्र होइन जीवन दर्शन पनि बुझ्न विद्यार्थी र मजदुरबीच झन् भिड्न थाले ।
विद्यार्थीबीच त उनी निर्विवाद स्थापित थिए । उनलाई बैठक गर्दा गर्दा दिन वितेको थाहै हुदैनथ्यो र समय नै पुग्दैनथ्यो । उनलाई एकै दिनमा सयौ चिठी प्राप्त हुन्थ्यो । स्कूल अफ प्लानिङ एण्ड आर्किटेक्चरको पत्र मञ्जुषा बाबुरामलाई पठाइएका चिठीहरुले भरिएको हुन्थ्यो । बाबुराम भन्छन । “अहिलेको जस्तो फोनको व्यवस्था हुने भए फोनबाटै धेरै कुरा हुन्थ्यो होला ।”
दिल्लीमा तुलसीलाल अमात्य समूहको बढी प्रभाव थियो । दिल्लीको मोतिमहल भन्ने होटलमा सय डेडसय नेपाली मजदुर काम गर्थे । बाबुराम उनीहरुका बीचमा गए र संगठन विस्तार गर्न तथा नेपालमा राजतन्त्रका अन्त्यका लागि उनीहरुलाई जागरुक गर्न थाले । उनी नेपाली मजदुर बीच भिज्दै गए । राजु नेपाली -जो हाल एकिकृत नेकपा -माओवादी) का केन्द्रीय सल्लाहकार छन् ) मार्फत् बाबुराम भारतका मजदुरबीच घुलमिल हुन थाले । दिल्लीमा बामदेव क्षेत्री, विष्णुहरि शर्मा, फरिदाबादमा पदम राना, तिलक परियार लगायतका मजदुरसंगको सम्पर्कले उनी नेपाली मजदूरहरू वीच क्रियाशील वन्दै गए । त्यति नै वेला अखिल भारत नेपाली एकता समाज जन्मियो । बाबुराम प्रत्येक शनिबार मजदुर बस्तीमा जाने र प्रशिक्षण दिने जस्ता काममा खट्न थाले । विद्यार्थी र मजदुरबीच उनको सम्बन्ध अझै गाढा भयो ।
बाबुरामकै नेतृत्वमा प्रत्येक बर्ष नेपालका बरिष्ठ व्यक्तित्वहरु र राजनीतिक दलका प्रतिनिधिहरु बोलाएर भारतमा सेमीनारहरु आयोजना हुन थाले । नेपालमा प्रतिवन्धित काँग्रेस, कम्यूनिष्ट सबै पार्टीहरुसँग उत्तिकै सम्पर्क भएपनि बाबुराम बामपंथीहरु पट्टी नै बढी ढल्के । पहिल्लो चरणमा २०३६ सालसम्म उनी चौम र माले दुबैसँग समदुरीमा रहे । उनी यसअघिको दुईबर्ष तटस्थ बस्नुको कारण उनी कसैबाट प्रभावित भएर होइन कि आफै स्वतन्त्र ढंगले राजनीतिलाई बुझेर मात्रै आउनुपर्छ भन्ने विचारका कारणले थियो । बाबुरामले जिउँदा पुस्पलाललाई त भेटन पाएनन । भेटने भन्दा भन्दै तालमेल मिलेन । तर २०३५ सालमा दिल्लीमा निधन भएका पुष्पलालको अन्त्यष्टीमा उनी जमुनाघाटमा पुगेका थिए । त्यहाँ जम्मा १०/१२ जना मात्रै उपस्थित थिए ।
उनी २०३६ सालमा आफ्नो विद्यावारिधिका लागि जवाहरलाल नेहरु विश्वविद्यालयमा भर्ना भए । २०३७ सालमा चीनमा प्रतिक्रान्ति भएपछि तत्कालीन मालेले समर्थन गर्यो । र चौमले विरोध गर्यो । त्यसपछि बाबुरामले चिनमा प्रतिक्रान्त्रीका विरुद्ध उभिनेहरुलाई समर्थन गरे । माओको देहान्त पछि प्रतिक्रान्ती भयो भन्ने विचार चौमसंग मिलेकाले उनले २०३७ सालमा मोहनविक्रम सिंह मार्फत् त्यो पार्टीको सदस्यता नै लिए ।
बाबुराम २०३७ पछाडी अखिल भारत नेपाली एकता समाजको पश्चिमोत्तर समितिको सभापति बने र मजदुरहरुका बीचमा राजनीतिक काममै खटे । अखिल भारत नेपाली विद्यार्थी संघ छोडेपछि पनि उनी भारतमा छउन्जेल त्यो संगठनको सल्लाहकार तथा सर्वमान्य नेता थिए र मजदुर तथा विद्यार्थीलाई समन्वय गर्दै संघर्षका काममा सरिक गराउथे । २०३६ सालमा राजा वीरेन्द्र दिल्ली गएको वेला उनलाई कालो झण्डा देखाउँदा वावुराम आÏनो जीवनमा पहिलो पटक गिरÏतारीमा परेका थिए ।
प्रकाशनमा उनको रुची थियो
२०३४ सालमै उनले प्रकाशन गरेको “जनमानस” निकै चर्चित थियो । उक्त बाषिर्क पत्रिका रातन्त्रका विरुद्ध सवै एक भएर जानुपर्छ भन्ने बहसमा मुख्यत केन्द्रीत हुन्थ्यो र बाबुरामको बामपंथी सुझावका कारण माक्र्सवादी कोणबाटेै बढी व्याख्या विश्लेषण भएका रचना छापिन्थे । त्यसपछि ‘नेपाली एकता’ भन्ने मजदुरको पत्रिका पनि उनले दर्ता गरे र त्यसको संपादक/प्रकाशक भएर काम गरे । त्यसैको प्रकाशनका क्रममा उनलाई जवाहरलाल नेहरु विश्वविद्यालयको ढोकामा ट्याक्सीले ठक्कर दिएकाले उनी ४८ घण्टा वेहास भए । उनलाई अस्पताल पुर्याइए पछि उपचारमा नेपाली विद्यार्थी र विश्वविद्यालय प्रशासनले चासो दियो । त्यो सबैको नैतिक दायित्व नै थियो ।
उनले प्रकाशन गर्ने पत्रिकामा नेपालमा गणतन्त्रको आवश्यकता, गणतन्त्र प्राप्तीको आन्दोलन साथसाथै नेपाल भारत सम्वन्ध बारे हुन्थ्यो । बाबुरामको विधावारिधिको शोधपत्र पनि नेपाल भारत सम्बन्ध बिषयमा नै केन्द्रीत र भारतीय विस्तारवादी उत्पीडनवाट मुक्त नभै नेपालको दिगो विकास सम्भव छैन भन्ने त्यसको निष्कर्ष छ ।
बाबुराम नेपाल फर्के
२०४२ सालमा उनी काठमाण्डौं फर्के । काठमाण्डौं फर्किनु अघिनै उनले निर्णय गरी सकेका थिए कि “म अव पूर्ण कालीन राजनीति नै गर्छु” । उनी मसालको काठमाण्डौं जिल्ला सेक्रेटरी र वागमति व्यूरो सदस्य भएर कम्यूनिष्ट राजनीतिमा सक्रिय भए ।
उनी नेपाली कम्यूनिष्ट आन्दोलनलाई नयाँ ढंगले लैजानु पर्छ भन्ने मान्यता राख्ने भएकाले पुरानै ढाँचा परित्याग गर्न नसक्ने मोहन विक्रमसंग मतभेद बढ्यो । तर उनी संधै क्रान्तीकारी पार्टीहरु विचको एकतामा जोड दिन थाले । त्यतिवेला दुध काण्ड, रंगशाला काण्ड, मेघालयका षडणार्थी बिषयमा उनी संघर्ष गर्न थाले र साझा मञ्च बनाएर पद्मरत्न तुलाधर लगायतसँग पंचायत शासन विरुद्धको आन्दोलनमा सरिक भए ।
२०४६ सालको जनआन्दोलन ताका मसाल, मशाल, सर्वहारा श्रमिक संगठन, शम्भुराम समूह, कृष्णदास समूह आदि मिलेर संयुक्त राष्ट्रिय जन आन्दोलन नामक मोर्चा बन्यो । त्यसको उनी प्रवक्ता बने जुन अघोषित रुपमा संयोजक नै हुन्थ्यो । सोही मोर्चाले २०४६ साल चैत्र २४ गते गरेको वन्द नै त्यो आन्दोलनको उत्कर्ष थियो । र त्यो दिनको उत्कर्षले नै पंचायत व्यवस्थाको अन्त गर्यो ।
२०४६ को परिवर्तन पछि नयाँ प्रक्रियामा जानका लागि उनी पार्टी एकताको पहल गर्न थाले । बाबुराम, सिन्धुनाथ प्याकुरेल, काईलावा, दिलबहादुर श्रेष्ठ सिताराम तामाङ्ग लगायत मिलेर पार्टी एकताको लागि २०४७ जेष्ठमा ‘फोरम फर यूनिटी’ बनाए । त्यतिवेला एकता केन्द्र बनेको थिएन । एकता केन्द्र २०४७ मंसिरमा बन्यो । पार्टीगत रुपमा मोहन विक्रमसँग विद्रोह गर्न ढिला भएकाले एकता केन्द्र निर्माणका क्रममा भने बाबुरामहरु अलिढिलो समावेश भए । संयुक्त जनमोर्चा निर्माण गरेर क्रान्तीका लागि नयाँ ढंगले जानुपर्छ भन्दै बाबुरामहरुले एकताकेन्द्रसँग पार्टी एकता गरे । बाबुरामले नेतृत्व गरेको संयुक्त जनमोर्चा नेपाल नै एकता केन्द्रको जनसंघर्ष र चुनावी प्रयोगको मोर्चा बन्यो । यसले २०४८ को चुनावमा ९ वटा सिटमा विजय हासिल गर्यो र तेश्रो ठूलो दल भयो ।
सडक र सदन दुवै मोर्चाबाट संयुक्त जनमोर्चा नेपालले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर संघर्ष जारी राख्यो । बानेश्वरमा भारतीय पोशाकमै प्रहरी आएर नेपालीलाई गिरफ्तार गरेकाले २०४९ बैशाख २१ गते संयुक्त जनमोर्चाले बन्द आयोजना गर्यो । त्यसपछि चैत्र २४ लाई लोकतन्त्रको र बैशाख २१ लाई राष्ट्रियता सम्बन्धी संघर्षको दिनका रुपमा मनाइन थालियो । २०४६ को जनआन्दोलनबाट प्राप्त सिमित अधिकारबाट मात्र पुग्दैन जनतालाई पूर्ण मुक्ति चाहिन्छ भन्दै नेकपा (माओवादी)ले २०५२ जनयुद्ध शुरु गर्यो । संयुक्त जनमोर्चा नेपालले बाबुराम भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालिन देउवा सरकारसँग राखेर ससस्त्र युद्धमा जाने घोषणा गर्यो । र व्यवस्थित युद्धमा उनीहरु सामेल भए ।
२०५२ देखि २०६३ सम्म चलेको जनयुद्धमा बाबुराम चार महिना वार्तामा बस्दा बाहेक सबै समय भूमिगत वसे । तर जनतासंग संधै सम्पर्कमा रहने बाबुराम भूमिगत भए पनि कहिल्यै रहस्यमय पात्र बनेनन् । कहिले दाह्री पालेका, कहिले चे टोपी लगाएका त कहिले फैजी पोशाकका बाबुराम संधै जनताको सम्पर्कमै रहे । भूमिगत होस वा खुल्ला उनको जस्तो सादगी र पारदर्शी जीवन सम्भवतः हालसम्मका राष्ट्रिय राजनीतिमा चर्चित नेताहरु कसैका छैन ।