मेरा केही साहित्यिक रचनाहरु

कविता ( धिक्कार छ तिमीहरुलाई ! )

हजारौं  सपुतको  बलिदानले पनि
फेरिएन काचुली यो देशको
रगतको खोला बगिरहेपनि
भएन भावना एकताको
फुस्रो आस्वसनको भाषाण ठोकेपनि
छैन नेताहरुलाई माया यो देशको
सुन्दर देशको कल्पना गरेपनी
चाहदैनन बेइमानहरु समुन्नत नेपालको
होली खेल्दै गएपनी रगतमाथि जनताको
लात मार्दै गएपनी छातिमाथि नेपाल आमाको
कोही छैन यहाँ तर पनि खबरदारी  गर्ने नेताहरुको
देश लथालिङ्ग र भताभुङ्ग  भएपनि 
दिन आएकै छ नयाँ नेपाल हांक्ने सारथिहरुको
दु:ख गर्नेले गरिरहे पनि
शिर उच्च भएकै छ चैन गर्नेहरुको
पौरखी हरुले पसिना बगाए पनि
भरिएको छ पेट भोजन गर्नेहरुको
जती सक्यो  गर्‍यो अब पालो जनताको
सराप लाग्नेछ तिमीहरुलाई शाहीदका  सपनाको
खबरदार ! नबोल्नु कहिले भनी  छोरा हौ नेपालको
 धिक्कार ! छ तिमीहरुलाई यो देश र जनताको


  दशैं


दशैं तिमी आयौ फेरी लड्दै र भिड्दै
कठै गरिबको आँखामा आँसु झार्दै
उकासिएको  मनको घाउ बल्झाउँदै
आयौ प्रिय तिमी दशैं होइन दशा बन्दै
भत्किएका  भित्ताहरु माटो अनि कमेरोले पोत्दै
टुक्रिएको  मनलाई टीका र जमराले उन्दै
खोसिएका आफन्तको यादलाई ब्युझाउँदै
तड्पाएर जान्छौ मलाई तिम्रो लागि आ'को हैन भन्दै
आउँछौ तिमी आशैआशका किरणहरु छर्दै
जान्छौ तिमी यसैगरी ऋणको  झोला  भिर्दै
बित्ने भयो जुनी मेरो साहुको  ऋण तिर्दै
फेरी आउनु दशैं तिमी सबैलाई बराबरी गर्दै 

  प्रेम के हो ?


 भनिन्छ प्रेम दुई आत्माको मेल हो ।
 थोरैलाई हसाउने धेरैलाई रुवाउने कस्तो यो खेल हो ?
 जुनि जुनि सँगै बाच्ने कसम खाने खेल हो ।
 दु:खको सागर्मा बगाइदिने आँशुको यो भेल हो ।
 पवित्र मायाको नाउँमा अस्तित्व नै लुटिदिने खेल हो ।
 एउटालाई फसाएर अर्कोलाई सजाउने अबिश्वासको मेल हो ।
 तिमी मेरै लागि हो भन्ने नौटन्कि र घातै घातको खेल हो ।
 मलम लाउने ठाउमा पुरानो घाऊ बल्झाउने खेल हो ।
 छटपटी , बियोग र बेदनाले भरिएको साउनको भेल हो ।
 जिबन भरी सम्झनाको दाग बस्ने यो फोहोरी खेल हो ।


ईश्वर पनि छैन जस्तो लाग्छ
 
 
आँखाभरि आसुँ झारी आइज काल भन्छ
मुटुभरि भक्कानिएर प्रिय भन्दै रुन्छ
दुश्मन हाँस्ने खेल भयो भन्दै छाती पिट्छ
बस्न धेरै गाह्रो भयो थातै छोड्छु भन्छ ।

हिड्दै थिए गोरेटोमा एक्लै उ आई भन्छ
मन मुटु लगी मेरो रित्तो बनाई भन्छ
आफ्नो लागि हैन म त उस्कै लागि बाँचे भन्छ
चोखो माया पिरती उस्कै निम्ती साँचे भन्छ ।

पटक पटक यस्तो किन हुन्छ भनी सोध्छ
अभागी भै बाँच्नु भन्दा मर्नै जाती भन्छ
खप्न मलाई गाह्रो भयो दुख्यो छाती भन्छ
अलिकती पिउन पाए हुन्थ्यो जाती भन्छ ।

उठाइदेउन कोही छकी भन्दै पुकार गर्छ
उठ्न खोज्छ बिचराले टेक्नै नपाई लड्छ
उस्लाई हेर्दा ईश्वर पनि छैन जस्तो लाग्छ
होस छैन अब उस्को बेहोसिमा खै कहाँ पुग्छ ?
होस छैन अब उस्को बेहोसिमा खै कहाँ पुग्छ ?


खै किन खोज्यौ होला म दुखीको साथ ?  


खै किन खोज्यौ होला म दुखीको साथ ?
किन रोज्यौ थाहा छैन मेरा यी दुई हात ?
आफ्नो बन्न सकिन नि गर्दा बिन्ती लाख
यो जुनिमा सकिन कि पाउन तिम्रो काख
अब तिम्रो साथ पाउने छैन मलाई आस
तिम्रो लागि मन्दिरमा चढाउँछु फूलैफूलको रास
बिना अर्थ लगाइदियौ मुटु रोप्ने बात
थाहाछैन अनायसै किन गर्यौ घात ?
छोड्नु थियो छोडी सक्यौ तिमीले मेरो साथ
सम्झनामै सिमित रहे ती रमाइला रात
छैन कुनै गुनासो नि रित्ति सक्यो सास
बाच्नै पर्ने यो जिन्दगी बनी जिउदो लाश  

डाँडा पाखा छहराले मेरै गीत गाउँछन् होला  


डाँडा पाखा छहराले मेरै गीत गाउँछन् होला
लेक बेसी भञ्ज्याङले मेरै प्रीत  लाउन्छन् होला
बन पाखा देउरालीले मलाई कुरी बस्छन् होला 
साथी सँगी भेट हुँदा मलाई सम्झी रुन्छन् होला
भत्किएछन् पाटीपौवा मेरो बाटो हेर्दा हेर्दै
लोलाएछन वरपिपल मेरै आश गर्दा गर्दै
सुक्दैछन् पंधेरी र पोखरीका मूल पनि
घट्दैछन् धनको आशमा तन्नेरीका हूल पनि
भन्छन् अरे गाह्रो भयो मलामी-जन्ती जान पनि
फल्दैन रे अन्नपात आधा वर्ष खान पनि
डर लाग्छ कहिलेकाहीँ सराप्छकी आफ्नै गाउँले
के खाने हो ? के लाउने हो ? सीमा नाघ्यो भाउले .